काठमाडौं । हरेक हप्ता हुने मन्त्रिपरिषदकाे पत्रकार सम्मेलन आजकाे लागि स्थगन भएकाे छ ।
सञ्चारमन्त्री गोकुल बाँस्काेटा ले प्रधानमन्त्रीसमक्ष राजीनामा दिइसकेकाे हुँदा नियमित पत्रकार सम्मेलन स्थगित भएकाे हाे ।
सञ्चारमन्त्री बाँस्काेटाले आजै प्रधानमन्त्रीलाई राजीनामा दिएका हुन् । सञ्चारमन्त्री बाँस्काेटाले राजीनामा दिएकाे ट्विट गरेर जानकरी गराएका थिए । उनले राजीना दिएकाे र विवादकाे विषयमा पत्रकार सम्मेलन गर्ने उनी निकट स्राेतले जानकारी दिएकाे छ ।
यसअघि मन्त्रिपरिषद्ले गरेका निर्णय हरेक बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक हुँदै आएको थियो। पत्रकार सम्मेलनमा सहभागी हुन मन्त्रालय पुगेका पत्रकारलाई विशेष कारणले आजको पत्रकार सम्मेलन स्थगित गरिएको जानकारी गराइएको थियो।































प्रतिक्रिया