काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । ७० करोड घुस मागेको विवादमा फसेपछि उनले प्रधानमन्त्रीलाई राजीनामा दिएका हुन् ।
संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसको जानकारी दिँदै संसद चल्न दिन आग्रह गरेका थिए । सञ्चारमन्त्री बाँस्कोटा विमानस्थालबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो राजीनामा बुझाएका हुन् ।
यसअघि सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा संचारमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको शिलशिलामा बिचौलियासँग बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि धेरैले बर्खास्त गर्न माग गरेका थिए ।
काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेसका लागि स्वीस कम्पनीसँग एजेन्ट विजय मिश्रसँग कमिसनकाे बारेमा कुराकानी भएकाे अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्रीले राजीनामा दिए बाध्य भएका हुन् ।































प्रतिक्रिया