काठमाडौं । सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ ।
सार्वजनिक लेखा समितिकाे बिहीबार बैठकले समितिको अर्को बैठकले निर्णय नगरेसम्म सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको हाे ।
सेक्युरिटी प्रेस खरिद प्रक्रियामा भएका कमीकजोरीलाई अझै गम्भीरताका साथ छलफल गर्नुपर्ने भएकाले अहिलेलाई यो प्रक्रिया स्थगित गर्न सरकारलाई निर्देशन दिइएको पनि समितिले जनाएकाे छ ।
त्यस्तै सेक्युरिटी प्रेस खरिद प्रक्रियाका बारेमा सार्वजनिक भएको अडियोका बारेमा पछि छानबिन हुने समितिले बताएको छ भने लेखा समितिले घटनाका बारेमा छलफल गर्न सञ्चार मन्त्री बाँस्कोटालाई बोलाए पनि उनी उपस्थित भएनन्।





























प्रतिक्रिया