रामचन्द्र पौडेलको प्रश्न, ‘लाल झण्डा ओढेपछि जुनसुकै खत माफ हुन्छ ?’

रामचन्द्र पौडेलको प्रश्न, ‘लाल झण्डा ओढेपछि जुनसुकै खत माफ हुन्छ ?’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा १७५ जनालाई मुद्दा दायर गरेपछि कांग्रेसले प्रश्न उठाएको छ। उक्त जग्गा प्रकरणमा कांग्रेस उपसभापति तथा तत्कालिन उपप्रधान, भौतिक निर्माणमन्त्रीका हैसियतमा विजयकुमार गच्छदारलाई पनि मुद्दा चलाइएको छ।

गच्छदारलाई मुद्दा चलाएपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुद्दाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जिएको बताएका छन् । ‘लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाइ कतै पुरा हुने त होइन ?’ भन्दै प्रश्न गरेका छन्।

अख्तियारले तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्वप्रमुख आयुक्त एवं तत्कालीन भौतिक पूर्वाधारसचिव दिपकुमार बन्स्यात, तत्कालीन भूमिसुधार मन्‍त्रीद्वय डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, तत्कालीन सचिव छवि पन्तलगायतका उच्च अधिकारी र कर्मचारीसहित १७५ जनाविरुद्ध मुद्दा दाय गरेको छ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo