नेविसंघ सभापति ढुंगानाद्वारा पदभार ग्रहण

नेविसंघ सभापति ढुंगानाद्वारा पदभार ग्रहण

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

नेपाल विद्यार्थी संघका सभापति राजिव ढुंगानाले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ध्यान केन्द्रीत गर्न सबैलाई आग्रह गरेका छन् ।

माघ १६ गतेको केन्द्रीय कार्यसमिति बैठकबाट मनोनित भएपछि आइतबार पदभार ग्रहण गर्दै ढुंगानाले संगठनमा आवद्ध विद्यार्थीहरुलाई स्ववियू निर्वाचनमा ध्यान केन्द्रीत गर्न आग्रह गरेका हुन् । स्ववियू निर्वाचन मिनि जनमत भएको उल्लेख गर्दै ढुंगानाले २ तिहाइको सरकारले जनमतको दुरुपयोग गरिरहेकोले चुनावबाट पाठ सिकाउनुपर्ने बताए । ‘दुई तिहाईको सरकारले जनताको मत पायो तर जनताको पक्षमा त्यो मत उपयोग गरेको छैन । सधैं जनविरोधी क्रियाकलाप मात्रै सरकारले गरिरहेको छ । काण्ड-काण्ड मात्र सरकारले गरिरहेको छ । देशको संविधानलाई मिच्नेगरी ऐन कानून ल्याइरहेको छ । स्ववियू निर्वाचनमा नेविसंघलाई विजयी गराएर सर्वसत्तावाद सरकारलाई पाठ सिकाउन अपिल गर्दछु’, उनले भने ।

माघ १६ गते कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकबाट मनोनित सभापति ढुंगाना, महामन्त्रीहरु मनोज वैद्य र महेश्वरी कुँवरले आइतबार नेविसंघको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

Logo