नेकपा सचिवालय बैठकमा प्रचण्डले सभामुखको नाम प्रस्ताव गर्ने

नेकपा सचिवालय बैठकमा प्रचण्डले सभामुखको नाम प्रस्ताव गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सभामुखको नाम छनोट गर्न आजका लागि बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले सभामुखको नाम प्रस्ताव गर्ने सहमति भएको नेकपा उच्च स्रोतले जनाएको छ ।

यसअघि दुई अध्यक्ष केपी शर्मा ओली र दाहालवीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो ।

भेटमा दुई नेताबीच सभामुखको उम्मेदवार चयनको बिषयमा छलफल भएको थियो । छलफल भएपछि आजै दिउसो नेकपा सचिवालय बैठक बोलाइएको र सो बैठकमा अध्यक्ष प्रचण्डले सभामुखको नाम प्रस्ताव गर्ने तयारी रहेको पनि स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रचण्डले नाम प्रस्ताव गर्ने भनिए पनि कसको नाम प्रस्ताव गर्ने भन्ने बारेमा भने केहि खुलाईएको छैन ।

सभामुखका विषयमा निर्णय हुन नसक्दा बिगतमा ४ पटकसम्म प्रतिनिधी सभा बैठक बस्न सकेको छैन । अब माघ ६ गते (भोलि) का लागि अर्को बैठक तय गरिएको छ ।

Skip This
Skip This
Logo