कांग्रेस नेता पौडेल र भारतीय रक्षामन्त्रीबीच भेटवार्ता

कांग्रेस नेता पौडेल र भारतीय रक्षामन्त्रीबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

उपचारका लागि भारतमा रहेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् ।

पौडेलले बुधबार नयाँदिल्लीमा सिंहसँग भेटेका हुन् । भेटमा आफूहरूबीच नेपाल–भारत सम्बन्ध र वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको पौडेलले फेसबुकमा उल्लेख गरेका छन् ।  ‘भारतका रक्षामन्त्री एवं भाजपाका पुर्व सभापति माननीय राजनाथ सिंहसंग नयाँ दिल्लीमा भेटघाट । भेटमा नेपाल र भारत बीचको सम्बन्ध र वर्तमान राजनीतिक अवस्था बारे छलफल भएको छ ।’ उनले लेखेका छन् ।

पौडेल उपचारका लागि सोमबार नयाँदिल्ली गएका थिए ।

Logo