गृह प्रवक्ताको संयोजकत्वमा निर्वाचन सुरक्षा समिति गठन

गृह प्रवक्ताको संयोजकत्वमा निर्वाचन सुरक्षा समिति गठन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकार निर्वाचनकाे तयारीमा लागेकाे छ । प्रतिधिसभा निर्वाचनको सुरक्षा तथा तयारी समिति गठन गरेको छ । प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा गरेसँगै सरकारले त्यसको तयारी थालेकाे हाे ।

सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचनको मिति घोषणा गरेको छ । प्रधानमन्त्री ओलीको परामर्शमा गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालयका प्रवक्तासमेत रहेका सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख चक्रबहादुर बुढाको संयोजकत्वमा समिति गठन गरेका छन् ।

समितिमा निर्वाचन आयोग, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सहसचिव सदस्य रहने बताइएको छ । समितिलाई सुरक्षा संवेदनशिलताको आधारमा जिल्लागत विवरण, मतदान स्थल, मतदान केन्द्र, निर्वाचन विरोधीहरुका गतिविधिको समीक्षा र सुरक्षा निकायको जिम्मेवारी र भूमिकालगायतका विषयमा विवरण तयार पार्न निर्देशन दिइएको छ ।

Logo