राष्ट्रिय सभा सदस्य निर्वाचनको तालिका सार्वजनिक

राष्ट्रिय सभा सदस्य निर्वाचनको तालिका सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

निर्वाचन आयोगले राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन तालिका सार्वजनिक गरेको छ । आगामी माघ ९ गते हुने निर्वाचनको लागि आयोगले तालिका सार्वजनिक गरेको हो ।

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६ अनुसार निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो । आगामी फागुन २० गते १९ जना सांसदहरुको २ वर्षे कार्यकाल सकिँदैछ । यसका लागि माघ ९ गते १८ जना सांसदका लागि निर्वाचन हुन लागेको हो। एकजना भने राष्ट्रपतिले मनोनयन गर्नेछन् ।

आयोगले सार्वजनिक गरेको तालिका अनुसार पुस १७ गते विहान १० देखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन, सोहि दिन ११ बजेदेखि ४ बजेसम्म प्रकाशित नामावली विरुद्ध उजुरी दिने र पुस १८ गते उजुरी उपर छानविन गरि अन्तिम नामावली प्रकाशन गर्ने लगायतका छन् ।

Skip This
Skip This
Logo