भ्रष्टाचारविरुद्ध काँग्रेसले देशव्यापी अभियान सञ्चालन गर्ने

भ्रष्टाचारविरुद्ध काँग्रेसले देशव्यापी अभियान सञ्चालन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सबै स्थानीय तहमा भएका भ्रष्टाचारविरुद्ध पार्टीले देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन्। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा भएको अनियमितता, वेथिति, ढिलासुस्ती र नगरप्रमुखको मनोमानीविरुद्ध शुक्रबार नगर संघर्ष समितिले आयोजना गरेको विरोधसभामा कांग्रेस प्रवक्ता शर्माले स्थानीय तहमा एक रुपैयाँ मात्र पनि भ्रष्टाचार भए कांग्रेस विरोधमा उत्रने चेतावनी दिए।

‘नेकपा नेतृत्वको सरकार गठनपछि देशमा वाइडबडी जहाज खरिद प्रकरणदेखि बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा कब्जा गर्ने सम्मका काम भएका छन्,’ उनले भने, ‘अब कांग्रेस चुप लागेर बस्दैन, भ्रष्टाचारविरुद्ध देशव्यापी विरोध कार्यक्रम गर्छौं।’

उनले सरकार भ्रष्टाचारमा लिप्त भएकै कारण जनताको समर्थन गुमाउँदै गएको दावी गरे। ‘बर्लिनको पर्खाल ढले झैं धरान उपमहानगरपालिकाको गत १४ मंसिरमा भएको निर्वाचनमा कम्युनिष्ट ढलिसके’, शर्माले भने, ‘नेकपाको नेतृत्वमा दुई तिहाइको समर्थनमा सरकार बनेपछि जे पनि गर्दा हुन्छ भन्ने मानसिकताले नेकपालाई जनताले पत्याउन छाडिसकेको यो प्रमाण हो।’

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निर्वाचन क्षेत्र रहेको कागेश्वरी मनहरामा भ्रष्टाचार, अनियमितता, बेथिति र ढिलासुस्ती भएको भन्दै नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगर संघर्ष समितिले २७ बुँदे प्रचार सार्वजनिक गरेको छ। नगरपालिकामा भएको भ्रष्टाचारको विषयमा पार्टीको कागेश्वरी मनोहरा संघर्ष समितिका संयोजक शंकर थापाले अनियमितता र भ्रष्टाचारको फेहरिस्त प्रस्तुत गरेका थिए।

कांग्रेसका सांसद भिमसेनदास प्रधानले नेकपाको सरकार भएपछि स्थानीय तहमा संस्थागत भ्रष्टाचार हुन थालेको बताए। कांग्रेस काठमाडौंका सभापति सवुज वानियाँ (कृष्ण), नेता लोकेस ढकाललगायतले स्थानीय तहमा भएको भ्रष्टाचार र अनियमितताको भण्डाफोर कार्यक्रम संचालन गरिने बताए।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo