काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस १७ गते राष्ट्रिय सभा अधिवेशन आव्हान गरेकी छिन् ।
उनले शुक्रबार दिउसो ४ बजेका लागि राष्ट्रिय सभा अधिवेशन आव्हान गरेको आज राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले संघीय संसद् राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरे अनुसार राष्ट्रपतिबाट आज यस्तो आव्हान भएको हो ।
संघीय संसदको प्रतिनिधिसभा भने प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले अघिल्लो आइतबार नै विघटन गरेकी थिइन् ।






























प्रतिक्रिया