प्रचण्डसँग दूरी बढेको छैन, तपाईंहरुको गणित मिलेन : प्रधानमन्‍त्री

प्रचण्डसँग दूरी बढेको छैन, तपाईंहरुको गणित मिलेन : प्रधानमन्‍त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफ्नो दूरी नबढेको बताएका छन् । आइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘रमाइलो कुरा गर्नुभयो’, प्रचण्डसँग दूरी बढेका खबरहरु आइरहेका छन् नि भन्ने प्रश्नमा ओलीले भने, ‘काठमाडौंमा भन्दा बाकुमा हुँदा टाढा भयो।’ ओली असंलग्न राष्ट्रको बाकु सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएका हुन्।

उनले दुई अध्यक्षबीच दूरी बढ्यो भन्नेहरुको गणित नमिलेको व्यङ्ग्यसमेत गरे। ‘तपाईंहरुको गणित मिलेन’, उनले भने, ‘दूरीको अवस्था छैन।’

बाकु सम्मेलनका अवसरमा प्रधानमन्त्रीले भारतका उपराष्ट्रपति वेङ्कैया नायडु, पाकिस्तानका राष्ट्रपति अरिफ अल्भी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना र आयोजक राष्ट्र अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।

त्यसैगरी नामका निवर्तमान अध्यक्ष भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र प्रजग कोरियाली प्रतिनिधिमण्डलका नेता तथा त्यहाँका सर्वोच्च जनसम्मेलनका अध्यक्ष चोइरोयङ हाइसँग पनि शिष्टाचार भेटघाट गरी द्विपक्षीयसम्बन्ध र आपसी हितका विषयमा कुराकानी गरेका छन्।

Logo