सिन्धुपाल्चोक दुर्घटनाको छानबिन गर्न काँग्रेसको माग

सिन्धुपाल्चोक दुर्घटनाको छानबिन गर्न काँग्रेसको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सिन्धुपाल्चोकको बडहरेमा भएको बस दुर्घटनाको छानबिन गर्न माग गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय मुलुकमा सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी त्यस्ता घटनाहरुको गहिरो अध्ययन गरेर नियन्त्रण गर्न गराउन सरकारको ध्यान आकृष्ट गर्नुभएको छ ।

बसमा क्षमताभन्दा बढी यात्रु सवार हुन दिनु, त्यसको नियन्त्रण नगर्नु र सवारी साधन सञ्चालन गर्नुभन्दा अगाडि त्यसको जाँच नगर्नुले दुर्घटना बढेको काङ्ग्रेसको ठहर छ । काङ्ग्रेसले यस्ता घटना दोहोरिन नदिन सरकारले यथाशीघ्र आवश्यक कदम चाल्नुपर्ने बताएको छ ।

सिन्धुपाल्चोकको सुपाटारबाट काठमाडौँ आउँदै गरेको हेलम्वु यातायातको बा २ ख २७१५ नम्बरको बस इन्द्रावती गाउँपालिका–१० बडहरे मोडमा शुक्रबार बिहान दुर्घटना हुँदा १२ जनाको मृत्यु हुनुका साथै दर्जनौँ यात्रु घाइते भएका छन् ।

सभापति देउवाले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । काङ्ग्रेसले घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ ।

Skip This
Skip This
Logo