‘प्रधानमन्त्री ओली गणतन्त्र र संघीयता विरोधी’ : माधव नेपाल

‘प्रधानमन्त्री ओली गणतन्त्र र संघीयता विरोधी’ : माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नवनियुक्त अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता बिरोधी भएको बताएका छन् ।

आफ्नो समूहको केन्द्रीय कमिटी बैठकको निर्णय तथा आगामी कार्यक्रमको सम्बन्धमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र, संघियता लगायका राजनीतिक परिवर्तन विरोधी भएको बताएका हुन् । ओली कम्युनिष्ट बिचार, आचरणबाट बिचलन र पतनको बाटोमा हिडेको भन्दै कम्युनिष्ट आन्दोलन नै सिध्याईदिने हो कि भन्ने चिन्ता व्यक्त गरे। ओलीमा गणतन्त्र, संघीयताप्रति अपनत्व, माया, मोह, ममता नभएको नेता नेपालको भनाई छ ।

ओलीले कुनै पनि समस्याहरुको सहज अवतरण नचाहाने नेपालको भनाई छ । उनले अध्यक्ष प्रचण्डसँग कम्युनिष्ट आन्दोलन, बिचार, सिद्धान्त मिलेको र पार्टीलाई सुदृढ बनाउँदै पार्टी कमिटीको आधारमा चल्ने कुरा मिलेको बताए । आगामी दिनमा आपसी विश्वास राख्दै बिगतका कमी, कमजोरी सुधार्दै अघि बढ्ने समेत बताए।

अध्यक्ष नेपालले आधिकारिक पार्टी आफूहरुको भएकाले पार्टी कार्यालय र पार्टीको सम्पति आफूहरुको हुने दाबी समेत गरे ।

Skip This
Skip This
Logo