नेकपा विवाद : दाहाल–नेपाल समूहमा अबको महासचिव काे ? (भिडियाेसहित)

नेकपा विवाद : दाहाल–नेपाल समूहमा अबको महासचिव काे ? (भिडियाेसहित)


काठमाडौं ।

प्रतिनिधि सभा विघटनको निर्णयपछि विभाजित भएको नेकपाका दुई धारभित्र अब नेताहरुको व्यवस्थापन कसरी अघि बढ्छ चासो बढ्न थालेको छ । दुबै पक्षमा नेताहरुको ठूलो समूह छ । त्यसैले त्यो समूहभित्र जिम्मेवारी र बरियताको प्रश्न उठ्न सक्छ । त्यसैले दुबै समूहभित्र नेताहरु त्यसतर्फ चनाखो हुन थालेका छन् । कुन समूहमा के अवस्था छ त ? यसको केही सन्दर्भहरु हेरौं :

दाहाल नेपाल समूहले नेकपाको मुलधार आफैं भनेको छ । त्यसैले पार्टी एकताको जस्तो अध्यक्षको संरचना बनाउन केपी ओलीलाई हटाएर माधव नेपाललाई अर्को अध्यक्ष घोषणा गरेको छ । यो पार्टीमा दुई जना अध्यक्ष भएका छन् । अध्यक्ष दुईजना भए पनि यो पार्टीमा महासचिव छैनन् । महासचिव विष्णु पौडेल ओली पक्षमा लागे । त्यही भएर अब दाहाल नेपाल समूहमा पार्टीको महत्वपूर्ण मानिने महासचिव पदमा को जाने भन्ने आन्तरिक बहस सुरु भएको छ ।

पूर्व माओवादी समूहबाट पुष्पकमल दाहालका नजिकका बर्षमान पुन र जनार्दन शर्मा दाबेदार देखिएका छन् भने नेपाल समुहबाट भिम रावल र सुरेन्द्र पाण्डेको दाबी छ । पुन र शर्मा नेकपाको एकता प्रक्रियामा सक्रिय रहेका र दाहाललाई जनयुद्ध कालदेखि सघाउदै आएकाहरु हुन् । त्यसैले पार्टीको महासचिव बन्नुपर्नेमा उनीहरुको जोडबल हुन थालिसकेको छ ।

दाहाल र नेपाल समूहभित्र पूर्वमाओवादी को समुह ठूलो छ । त्यसैले पनि महासचिव पाउनु पर्ने उनीहरुको दाबी प्रकट हुन थालेको छ । पाण्डे र रावल दुबै नेपालका निकट विश्वास पात्र हुन् । त्यसैले उनीहरुले पनि महासचिवको दाबी गरेका छन् । एमालेमा पाण्डेले महासचिव हारेका थिए । रावलले उपाध्यक्ष जितेका थिए । पाण्डेले चुनाव हारेकाले उनलाई महासचिव बनाउने भन्ने चर्चा पनि छ । रावल पनि उत्तिकै सिनियर भएकाले उनलाई के दिएर मिलाउने भन्ने विकल्प भेटिएको छैन । आज बस्ने केन्द्रीय समितिको बैठकले महासचिवबारे छलफल गर्न सक्नेछ ।

Logo