प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- ‘तपाईंको राज्यमा को सुरक्षित छ ?’ (भिडियो सहित)

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- ‘तपाईंको राज्यमा को सुरक्षित छ ?’ (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पार्टीका बाँके जिल्ला सभापति किरण कोइरालासहितका एक दर्जन बढी नेता, कार्यकर्तामाथि सांघातिक हमला गर्नेमाथि कडा कार्वाही गर्न सरकारसँग माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ ।

नेपाली काँग्रेस, जिल्ला कार्य समिति काठमाडौंको आह्वानमा पार्टीका बाँके जिल्ला सभापतिमाथि सत्तारुढ नेकपाकै संलग्नतामा सांघातिक आक्रमण गरेको दावी गर्दै दोषीलाई पक्राउ गरी कडा कार्वाही गर्न माग गर्दै शनिबार दिउँसो काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रर्दशन गरिएको हो ।

विगतमा हत्या, हिंसा र आतंकका संलग्न रहेका सत्तारुढ नेकपाका नेता, कार्यकर्ताले बाँकेको सितापुरमा कार्यक्रममा सहभागी भएका पार्टीका बाँके सभापति कोइरालासहित १ दर्जन बढिलाई आक्रमण गरी घाइते बनाएपछि त्यसको विरोधमा काठमाडौंसहित देशभर शान्तिपूर्ण विरोध प्रर्दशन गर्नु परेको नेपाली काँग्रेस, काठमाडौंका सभापति सबुज बानियाले जानकारी दिए । उनले सो घटनामा संलग्न कार्यकर्तालाई सरकारले कार्वाही नगरे आफूहरुले पानीमुनि पुगे पनि नछाडने चेतावनी दिए ।

करिव १५ मिनेट शान्तिपूर्ण धर्नामा रहेका कांग्रेस नेता, कार्यकर्ताहरुले ‘प्रधानमन्त्री ज्यू, यहाँको राज्यमा को सुरक्षित छ ?’ भनि प्रश्न गरिएको प्ले कार्ड पनि प्रर्दशन गरेका थिए । उनीहरुले नागरिकलाई शान्ति सुरक्षा दिन पूर्णत असफल भएको दावी गर्दै सरकारको विरुद्ध चर्का नाराबाजी गरेका थिए ।

गत बुधबार बाँकेको सितापुरमा पार्टीका राष्ट्रिय जागरण अभियानको कार्यक्रममा सहभागी भएका नेपाली काँग्रेस बाँके जिल्ला सभापति कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनालसहित एक दर्जन बढि नेता, कार्यकर्ता घाईते भएका थिए । सो घटनामा सत्तारुढ दलकै संलग्नता रहेको दावी गर्दै नेपाली काँग्रेसले दोषीमाथि कडा कार्वाही गर्न सरकारसँग माग गर्दै देशभर विरोध प्रर्दशन सुरु गरेको हो । हेरौं भिडियोमा :

Skip This
Skip This
Logo