‘सरकार गठन गर्ने अन्य विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन हुन सक्दैन’ : सभामुख सापकोटा

‘सरकार गठन गर्ने अन्य विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन हुन सक्दैन’ : सभामुख सापकोटा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटन नहुने दाबी गरेका छन् । संसद विघटनबारे ४ दिनपछि बुधबार एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था बताएका छन्।

विज्ञप्तिमार्फत उनले पुस १७ गतेभित्र संघीय संसदको सातौं अधिवेशन सुरु गर्न गृहकार्य भइरहँदा अप्रत्यासित रुपमा प्रतिनिधि सभामाथि अवरोध सृजना गरिएकोमा सिंगो प्रतिनिधि सभा र मलाई मर्माहत बनाएको उल्लेख गरेका छन्।

‘संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ।’ उनले भनेका छन् ‘यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो।’

सापकोटाले विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत् समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधि सभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य स्मरण गराएका छन् । सात दशकयताका बिभिन्न आन्दोलनको जगमा संविधान सभामार्फत् जनताका प्रतिनिधिले बनाएको संविधानको पालना सिंगो मलकको प्रमख कार्यभार भएको उनको भनाई छ।
संविधानको रक्षार्थ पुनः एकपटक राजनीतिक दलका बीचमा उच्चस्तरीय समझदारीको आवश्यकता अझ बढेर गएको सापकोटाको दाबी छ। उनले संवैधानिक सर्वोच्चताका लागि सबै पक्ष संवेदनशील र गम्भीर बन्नुपर्ने बेला आएको धारणा राखेका छन्।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार संसद विघटन गर्दै आगामी बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा भएको छ। प्रचण्ड-नेपाल समूहको विघटित नेकपा संसदीय दलको बैठकले प्रधानमन्त्रीको प्रतिनिधि सभाको कथित विघटन गर्ने कदम र राष्ट्रपतिको स्वीकृतिलाई अस्वीकार गर्दै प्रतिनिधि सभाको नियमित कार्य अघि बढाउन माग गरेको छ।अन्नपूर्णबाट

Skip This
Skip This
Logo