म्यानमार घटनाको कांग्रेस प्रवक्ता शर्माद्वारा विरोध

म्यानमार घटनाको कांग्रेस प्रवक्ता शर्माद्वारा विरोध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले म्यानमार घटनाको विरोध गरेका छन् ।

उनले सामाजिक संजाल ट्विटरमा एक सन्देश सार्वजनिक गर्दै म्यानमारमा सेनाले आङ सान सु की, राष्ट्रपति लगायत अन्य प्रजातान्त्रिक नेताहरुलाई गिरफ्तार गरेको घटनाको विरोध गरेका हुन्। उनले म्यानमार घटनाको विश्वव्यापी विरोध जरुरी रहेको पनि बताएका छन् ।

‘म्यानमार घटनाको विश्वव्यापी विरोध जरुरी छ। निर्वाचन निस्पक्षताको विवादित प्रश्नमा सैन्य प्रवेश निन्दनीय छ। यद्यपि रोहिङ्या समुदायमाथि सु की सत्ताको व्यवहारको पुरानो घटना अमानवीय थियो तर मानवीयताको बाटो फेरि पनि लोकतन्त्रनै हो । हामी हरेक प्रतिगमन विरुद्ध छौं, देशमा होस् या परदेशमा’ – उनले भनेका छन्।

 

Skip This
Skip This
Logo