काँग्रेस केन्द्रीय कमिटी बैठक शुरु

काँग्रेस केन्द्रीय कमिटी बैठक शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली काँग्रेसको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ। बैठक केही बेर अघि केन्द्रीय कार्यालय सानेपामा शुरु भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधी सभा विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा भएसँगै उत्पन्न विकसित राजनीतिक घट्नाक्रमका बारेमा बैठकमा छलफल भइरहेको छ ।

यस अघि सोमबार काँग्रेसले नेकपासहितका दलहरुसँग सर्वदलीय बैठक राखेको थियो । सर्वदलीय बैठकले सरकारको कदमको विरोध गर्दै संसद पुनर्स्थापनाका लागि संघर्ष गर्ने निर्णय गरेको थियो ।

काँग्रेस लगायत अन्य दलहरुले संसद विघटनलाई असंवैधानिक भएको बताउँदै यसको प्रतिवाद गर्ने घोषणा गरिसकेका छन् । काँग्रेसको आजको बैठक अब कसरी अघि बढ्ने भन्ने विषयमा केन्द्रीत रहने बताइएको छ।

 

Skip This
Skip This
Logo