प्रचण्डलाई पछुतो, ‘पार्टी एकता नगरेको भए हुन्थ्यो’

प्रचण्डलाई पछुतो, ‘पार्टी एकता नगरेको भए हुन्थ्यो’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पार्टी एकताप्रति नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछुतो मानेका छन् । भागबण्डाका कतिपय विषयमा चित्त नबुझेको भन्दै प्रचण्डले पार्टी एकता गरेकोमा पछुतो मानेका हुन् ।

राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशिल चिकित्सक संघले काठमाडौंमा गरेको अन्तरक्रियामा उनले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभुति हुन थालेको बताएका हुन् ।

नेकपाको सचिवालय बैंठकको लामो छलफलपछि महत्वपूर्ण कुराहरुमा निर्णय लिएको भन्दै अध्यक्ष दाहालले कतिपय बिषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको स्पष्ट पारे ।

कम्युनिष्ट पार्टीका लागि अवसर र चुनौति दुबै भएको भन्दै उनले अहिले केहि गर्न नसके इतिहासले धिकार्ने बताए । अध्यक्ष दाहालले यस्तो अवसर सधै नआउने भन्दै सरकारका कामलाई व्यवस्थित र प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

Skip This
Skip This
Logo