काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नु अघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित ९० सांसदले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविस्वासको प्रस्ताव गरेको बुझिएको छ ।
उनीहरुले आइतबार बिहान पुष्पकमल दाहाललाई नयाँ प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्दै संसद सचिवालयमा प्रधानमन्त्री ओलीविरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरेका थिए ।
उक्त प्रस्तावमा दाहाल, नेपाल, खनाल र उनीहरु निकट मन्त्रीहरुसहित ९० सांसदको हस्ताक्षर थियो । मन्त्रीहरुमा गिरीराजमणि पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, रामेश्वर राय, विना मगर लगायतको हस्ताक्षर थियो । हस्ताक्षर गर्ने सबै मन्त्रीहरुले आइतबार दिउसो संयुक्तरुपमा राजीनामा दिइसकेका छन् ।
उनीहरुले उक्त प्रस्तावमार्फत संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रस्तावप्रति पनि गम्भीर आपत्ति जनाएका थिए । संसद सचिवालयमा उक्त प्रस्ताव दर्ता भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन भएको घोषणा गरेकी हुन् ।अन्नपूर्णबाट































प्रतिक्रिया