नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई हेग लगिए झनै हिरो भएर फर्कने बताएका छन्।
सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तन नचाहने तत्वहरुले आफूलाई हेग लैजाने र एक दिन भए पनि जेल हाल्ने भनेर प्रचार थालेको बताएका हुन् ।
हेग लगिए आफ्नो लागि गर्वको कुरा हुने बताउदै उनले भने, ‘मलाई हेग लगेर केही फरक पर्दैन। त्यहाँ लगे भने विश्वकै हिरो भएर निस्किन्छु। संसारले मलाई एकैपटक चिन्छन्। संसारभरिका जनताले यो शान्ति र न्यायको पक्षमा रहेछ भन्ने ठाउँ हुन्छ।’
शान्ति प्रक्रियामा नआएको भए आफूहरु लिट्टे बन्ने खतरा रहेको औल्याउंदै उनले भने, ‘परिवर्तन हामीले नै ल्याएका हौँ ,अरु कसैले ल्याएको होइन’।































प्रतिक्रिया