माओवादीको विधान अधिवेशन आज पनि जारी रहने

माओवादीको विधान अधिवेशन आज पनि जारी रहने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशन आज पनि जारी रहने भएको छ।

पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो उद्घटन गरेको सो अधिवेशनमा आज २० वटा समंहले आ-आफ्नो प्रस्तुती दिनेछन्।

महासचिव देवप्रसाद गुरुङले हिजो गठन गरिएका २० वटा समूहले प्रस्तावित विधानमा छलफल गरिसकेपछि आज प्रस्तुतीकरण हुन लागेका हो। अध्यक्ष प्रचण्डले बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्न समयसिमा तोकि दिएका छन।

तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रुप दिइने माओवादीले जनाएको छ।

Skip This
Skip This
Logo