रास्वपाले लुम्बिनीमा आज दबाब यात्रा गर्ने

रास्वपाले लुम्बिनीमा आज दबाब यात्रा गर्ने

केन्द्रबिन्दु
9
Shares

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार लुम्बिनी गुरूयोजनामा दबाब यात्रा गर्ने भएको छ। बुधबार बिहान १० बजे लुम्बिनीको १२ नम्बर गेटमा दबाब यात्रा गरिने रास्वपाले जनाएको छ।

दबाब यात्राको नेतृत्व सांसद लक्ष्मी तिवारीले गर्नेछिन्। दबाब यात्रामा कोषाध्यक्ष लिमा अधिकारी, केन्द्रीय सदस्य इश्रा मुल्ला मिया, प्रमिला कुलुजू सहभागी हुनेछन्। त्यस्तै विभागका तर्फबाट गणेश पौडेल, रामहरि लामिछाने, आशिका श्रेष्ठ पनि सहभागी हुने रास्वपाले जनाएकाे छ।

लुम्बिनी गुरूयोजना ४६ वर्षअघि सुरू भएको अवधारणा हो। सन् १९७८देखि सुरू भएको यो अवधारणाअनुरूप अहिलेसम्म काम हुन नसकेको भन्दै रास्वपाले दबाब यात्रा गर्न लागेको हो।

Skip This
Skip This
Logo