‘संसद विघटनको सिफारिस लोकतन्त्रको मर्म विपरीत’ : कांग्रेस नेता पौडेल

‘संसद विघटनको सिफारिस लोकतन्त्रको मर्म विपरीत’ : कांग्रेस नेता पौडेल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले गरेको संसद विघटन सिफारिसप्रति आपत्ति जनाएका छन् ।

उनले सरकारको कदम संविधानविपरीत भएको भन्दै यसले मुलुकलाई थप अस्थिरतातर्फ धकेल्ने बताएका हुन् । सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै उनले सरकारको यो कदमको कांग्रेसले कडा प्रतिवाद गर्ने बताए ।

उनले लेखेका छन्,
मन्त्रिपरिषदबाट संसद विघटनको सिफारिस भएको सूचना प्राप्त भएको छ । यो संविधान विपरीत छ, लोकतन्त्रको मर्म विपरीत छ र राष्ट्रहित विपरीत छ । अहिलेको संविधान अनुरुप विघटन गर्न मिल्ने प्रावधान छैन र राष्ट्रपतिले यसलाई स्वीकार गर्न हुँदैन ।

यो फिर्ता गर्नु पर्दछ । म यस्ता मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकटतर्फ धकेल्ने गैरलोकतान्त्रिक कदमको घोर भत्सर्ना गर्दछु ।

यस अघि कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले पनि यसको विरोध गरेका थिए । उता पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि सरकारले निर्णयको आपत्तिजनक रहेको बताएका थिए ।

Skip This
Skip This
Logo