समाजवाद निर्माण गर्न ‘समृद्ध नेपालः सुःखी नेपाली’- प्रचण्ड

समाजवाद निर्माण गर्न ‘समृद्ध नेपालः सुःखी नेपाली’- प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले समाजवाद निर्माणका लागि सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को नारा अघि सारेको स्पष्ट पारेका छन् ।

अध्यक्ष दाहालले सामाजिक न्यायसहितको समृद्धि निर्माण गरेर आफ्नो पार्टीले विश्वमा समाजवादको नयाँ मोडल प्रस्तुत गर्न चाहेको पनि बताए । शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘एशीया प्यासिफिक कन्फरेन्स अफ सोलिडारिटी वीथ क्युबा’ को दुई दिने सम्मेलनको उद्घाटन गर्दै उनले समाजवाद निर्माणका लागि क्युवाको कम्युनिष्ट पार्टीले खेलेको भूमिकाको खुलेर प्रशंशा गरे । क्युबा एउटा राष्ट्र मात्रै नभएर विश्वका कम्युनिष्टहरुको आर्दश भूमि पनि भएकाले त्यसबाट सिकेर विश्वका कम्युनिष्ट पार्टीहरुले आफूलाई अघि बढाएको पनि अध्यक्ष दाहालको भनाई थियो ।

अध्यक्ष दाहालले क्यूवाले सर्वहारा वर्गको उत्थानका लागि लडेको लडाई विश्वभरकै कम्युनिष्टहरुका लागि आर्दश बनिरहने दावी पनि गरे । उनले आफ्नो पार्टीले पनि जनताको विश्वास जितेर दुई तिहाई बहुमतको बलियो सरकार बनाएको उल्लेख गर्दै अव समाजवाद निर्माणको आधार तय गर्दै अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे ।

Logo