सांसद शाहीकाे प्रश्न- ‘प्रधानमन्त्री सर्वोच्च अदालतभन्दा ठूलो हो ?’

सांसद शाहीकाे प्रश्न- ‘प्रधानमन्त्री सर्वोच्च अदालतभन्दा ठूलो हो ?’

केन्द्रबिन्दु
27
Shares

काठमाडौं। राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री प्रचण्ड अदालतभन्दा ठूलो हो भन्दै प्रश्न गरेका छन्। आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले बालकुमारी घटनाको मुख्य दोषी ठहरिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही नगरेको भन्दै उनले सरकारको चर्को आलोचना गरेका हुन्।

‘प्रधानमन्त्रीले संसद्मा बोल्दा बालकुमारी घटनामा दुई युवाको हत्या भयो भन्नुभयो ’ उनले भने ‘ हत्या भएको हो भने हत्यारालाई समातरे किन नथुनेको ? घटनाका मुख्य दोषी मन्त्री ज्वालासँग बसेर प्रधानमन्त्री स्वयं चिया खाँदै हिड्न भएको छ । के प्रधानमन्त्री यो देशको अदालत भन्दा ठूलो हो’ उनले प्रशन गरे।

Skip This
Skip This
Logo