अग्रज नेताहरु एकआपसमा मिले मात्र देशमा सुशासन सम्भव छः मन्त्री किराती

अग्रज नेताहरु एकआपसमा मिले मात्र देशमा सुशासन सम्भव छः मन्त्री किराती

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले, अग्रज नेताहरूलाई एकआपसमा मिलेर देशमा सुशासन कायम गर्न आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित डा. पुरण राईका कृतिहरू विमोचन कार्यक्रममा बोल्दै मन्त्री किरातीले अग्रज नेताहरू मिलेर नै राजा फाल्नेदेखि निरङ्कुशताको अन्त्य गरेको भन्दै फेरी एकआपसमा मिलेर देशमा सुशासन कायम गर्न आग्रह गरेका हुन् । देशमा सुशासन कायम गर्न अग्रजहरूले अग्रसर भए हनुमान जस्तै पहाड बोक्न तयार रहेको उनको भनाइ थियो ।

उनले भने,‘ अग्रज नेताहरू, तपाईहरूले मिलेरै राजा फालेको हो । निरङ्कुशताको अन्त्य गरेको हो । तपाईहरू मिलेर नै एकचोटी सुशासन कायम गरिदिनुस् । तपाईहरूलाई कति हामीले बोक्नुपर्ने हो, हनुमानले पहाड बोके जस्तो हामी बोक्न तयार नै छौं । तर अब पनि ढिला भयो भने चाँहि समयले कसैलाई पर्खिने छैन् ।’

मन्त्री किरातीले नेपाली समाज भित्रै रहेको समाजवादको विकास नभएको उल्लेख गर्दै नेपाली सापेक्षताको सिद्धान्त नेपाली माटोमाथि विकास गर्न नसकेको अनुभूति भएको बताए । उनले समाजमा इतिहासदेखि नै सत्ताधारी र जनताको गरि दुई किसिमको लेखक रहेको भन्दै रहेको भन्दै डा. राईलाई लेखहरु सधैं जनताको पक्षमा लेख्न आग्रह गरे ।

Skip This
Skip This
Logo