जनताले दुःखमात्रै पाइराख्ने सङ्घीयता हामीलाई चाहिँदैनः सोविता गौतम

जनताले दुःखमात्रै पाइराख्ने सङ्घीयता हामीलाई चाहिँदैनः सोविता गौतम

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले साँखु–फड्केश्वर सडक खण्ड अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर २ शंखरापुर नगरपालिका वडा नम्बर १ नाङलेमा भासिएको सडक ६ महिनाभन्दा बढी हुँदा पनि सरकारले नहेरेको भन्दै आक्रोश व्यक्त गरेकी छिन् ।

आइतबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद गौतमले पटक पटक आफूले कूरा उठाउँदा पनि सडक नबनेको भन्दै उक्त सडकमा कुनैपनि दुर्घटना भएर नागरिकको ज्यान गएमा त्यो हत्या हुने र उक्त हत्याको दोष राज्यले ब्यहोर्नुपर्ने बताएकी हुन् ।

सांसद गौतमले भनिन–‘मैले यसरी सांसदबाट सरकारलाई ध्यानाकर्षण गराउँदा पनि त्यहाँको बाटो बन्दैन भने, त्यहाँ कुनै दुर्घटना भयो, जनधनको क्षति भयो, कुनै मानिसको मृत्यु भयो भने म सरकारलाई खबरदारी गर्न चाहन्छु, खबरदार सरकार, त्यो कुनै दुर्घटनाबाट भएको मृत्यु हैन, त्यो राज्यद्वारा गरिएको हत्या हुनेछ । साथै संविधानले परिकल्पना गरेको सङ्घीयता यस्तै हो भने, प्रदेशको संरचना यस्तै हो भने जनताले दुःखमाथि दुःख मात्रै पाइराख्ने हो भने यस्तो प्रकारको दुःख पाइरहने प्रदेशको संरचना, यस्तो सङ्घीयता हामीलाई चाहिँदैन ।’

Skip This
Skip This
Logo