देशै हल्लाउने १२ पूर्वगृहमन्त्रीहरू (भिडियो रिपोर्ट)

देशै हल्लाउने १२ पूर्वगृहमन्त्रीहरू (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मन्त्रीमण्डल गठन वा पुनर्गठनको हल्ला चल्न थालेपछि राजनीतिमा चासो राख्नेहरूबीच एउटा जिज्ञासा पलाउँछ, ‘गृहमन्त्रीचाहिँ को हुने भएछ ?’

गृहमन्त्रीका सम्भावित नामहरू पनि चरम गृहकार्यमा जुट्छन्, गृहमन्त्रीको जिम्मेवारी हत्याउन । अझ भनिन्छ, आफ्नो चाहनाअनुसारको गृहमन्त्री बनाउन भारत र चीनले समेत रुचि प्रकट गर्छन् । छोटकरीमा भन्नुपर्दा आम मानिसदेखि अन्तर्राष्ट्रिय चासोको विषय बन्छ, गृहमन्त्री ।

तथ्यांकले नै देखाउँछ, मुलुक पूर्वगृहमन्त्रीहरूले चलाइरहेका छन् । विक्रम संवत् २००७ सालदेखि आजसम्मका गृहमन्त्रीहरूको नाम नियाल्दा, यो कुरो प्रस्ट हुन्छ ।

जो गृहमन्त्री भएका छन्, तिनैको दबदबा चल्छ देश । कतिपय अवस्थामा गृहमन्त्रीका अघि प्रधानमन्त्रीसमेत छायामा पर्छन् । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाकै कुरा गरौँ, उनी पूर्व गृहमन्त्री थिए ।

उनी राणा शासनको अन्त्यपछि बनेको पहिलो प्रजातान्त्रिक सरकारका गृहमन्त्री थिए । बीपी २००७ सालदेखि २००८ मङ्सिर १ गतेसम्म गृहमन्त्री बनेका थिए ।

त्यसैगरी वर्तमान प्रधानमन्त्री केपी ओली पनि पूर्व गृहमन्त्री नै हुन् । शक्तिशाली पूर्व गृहमन्त्रीहरूको विषयमा तयार पारिएको यो भिडियो रिपोर्टः

Logo