सहकारीमार्फत ठग्ने र दुई-चार थान नागरिकता राख्नेलाई घर नै पठाएर अनुसन्धान गर्नुपर्छः गगन थापा

सहकारीमार्फत ठग्ने र दुई-चार थान नागरिकता राख्नेलाई घर नै पठाएर अनुसन्धान गर्नुपर्छः गगन थापा

केन्द्रबिन्दु
30
Shares

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीमार्फत ठग्ने, दुईचारथान नागरिकता राख्नेलाई घर नै पठाएर अनुसन्धान गर्नुपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा उनले ‘आसनको दायाँ बसेको’ भनी हेर्न नहुने टिप्पणी गरेका हुन् ।

“आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस् । अख्तिायारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झन्डावालाको झन्डा छोपेर घर पठाइदिऊँ,” उनले भने, “सहकारी ठग्ने, दुईचारथान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन, घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔँ ।”

केही दिनयता संसद् बैठकमा एकार्कालाई दागी देखाउने काम भएकाले मूल विषय छायामा परेको भनाइ उनको छ ।

Skip This
Skip This
Logo