कर्णाली पछि परेको होइन, पारिएको होः मुख्यमन्त्री शर्म

कर्णाली पछि परेको होइन, पारिएको होः मुख्यमन्त्री शर्म

केन्द्रबिन्दु
12
Shares

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीलाई राज्यले नै पछि पार्ने काम गरेको आरोप लगाएका छन्। उनले कर्णालीलाई पछि परेको क्षेत्रकारुपमा चिनाइएको भन्दै त्यो भाष्य गलत भएको र बदल्न आवश्यक रहेको बताएका हुन्।

‘कर्णाली आफैँ पछि परेको होइन, बरू राज्यले नै पछि पार्ने काम भएको हो, पछाडि पारिएको हो,’उनले भने। सुर्खेतमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शर्माले कर्णालीको विकासमा राज्यले लगानी नै नगरेको नआरोप लगाए। संघीयता लागू भइसकेपछि समेत कर्णालीको विकासलाई बेवास्ता गरिएको उनको आरोप छ।

‘संघीय सरकारले संघीयता छिटो लागू गरोस् भन्ने अपेक्षा हो। तर सरकार कानून नै बनाउँदैन, अधिकार दिँदैन,’उनले भने,‘अधिकार संघले दिने र प्रदेशले माग्ने कुरा नै होइन, वास्तवमा यो त संविधानले स्पष्टसँग व्यवस्था गरिदिएको कुरा हो।’ उनले कर्णालीलाई पछाडि पार्नका लागि राज्यले गरेको बेवास्ताको क्षतिपुर्ति कर्णालीले पाउनुपर्ने दाबी गरे।

Skip This
Skip This
Logo