सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही गर्न सांसद गिरीकाे माग

सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही गर्न सांसद गिरीकाे माग

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दीपक गिरीले सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्। जुनसुकै दलमा लागेको र जतिसुकै शक्तिशाली भएपनि कारवाही गर्नुपर्ने उनले बताएका हुन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले ‘ग्यालेक्सी टिभीकाे अध्यक्ष रहेका जीवी राई समूहले पोखराका १८ हजार बढी बचतकर्ताको एक अर्ब ३५ करोड हिनामिना गरेको निष्कर्ष पोखरा महानगरको अध्ययन समितिले निकालेको’ स्मरण गरे।

पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाबाट अपचलन गरेको भनी जाहेरी पनि परेको तर, कारबाही प्रक्रिया अगाडि नबढेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरेका हुन्।

‘जीवी राई समुशाट ४९ हजार सर्वसाधारणको ७ अर्ब हिनामिना गरेको अनुमान छ’ उनले प्रश्न गरे, ‘आम जनताको अबौं रकम कहिले कसरी फिर्ता हुने हो रु यो बारेमा सरकार के सोचिरहेको छ। दोषीहरूले कहिले सजाय पाउने हुन ?’ कुनै राजनीतिक दलमा लागेको वा शक्तिमा रहेको रूपमा दोषी कारबाही हुनबाट जोगिने अवस्था आउन नहुने उनको माग छ।

Logo