काठमाडौं ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर खुमलटारबाट फर्किए लगत्तै अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पनि खुमलटार पुगेका छन् ।
यस अघि दुई अध्यक्षबीच भेटवार्ता हुँदै गर्दा उपाध्यक्ष बामदेव गौत्तम पनि खुमलटार पुगेका थिए । उनीहरुबीच भेटवार्ता सकिए लगत्तै माधव नेपाल खुमलटार पुगेका हुन् ।
पार्टीभित्र आन्तरिक विवाद चलिरहेका बेला आज बिहान दाहाल निवास पुगेका प्रधानमन्त्री ओली करिब साढे एक घण्टापछि त्यहाँबाट बाहिरिएका छन् ।
प्रधानमन्त्री ओली खुमलटारबाट निस्किएपछि पुल्चोकमा गृहमन्त्री रामबहादुर थापालाई भेट्न गएको बताइएको छ ।
उता खुमलटारमा भने अहिले दाहाल र नेपालबीच छलफल भइरहेको छ । यसरी एकाएक नेताहरु बीच भेटवार्ता हुनु लाई धेरै आशंकाका दृष्टिले हेरिएको छ । यद्यपी उनीहरु बीच के के विषयमा छलफल भयो भन्ने बारे केही सार्वजनिक भएको छैन ।





























प्रतिक्रिया