राप्रपाद्वारा कार्यसम्पादन समिति बैठक आह्वान

राप्रपाद्वारा कार्यसम्पादन समिति बैठक आह्वान

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही फागुन २६ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।

विकसित राजनीतिक घटनाक्रमसँगै विविध समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गरी भावी रणनीति निर्माण गर्न तथा सो पार्टीले आह्वान गरेको आन्दोलनको तयारीबारे छलफल गर्न सो बैठक बोलाइएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

यसअघि सरकारमा रहेको नेपाली कांग्रेससहितको सत्ता साझेदार दलमा परिवर्तन भएपछि मन्त्रिपरिषद्मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सहभागिता भएको छ । प्रधानमन्त्री दाहालले नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) का तीन मन्त्री नियुक्त गरी नयाँ मन्त्रिमण्डल निर्माण गरेका हुन् ।

विकसित यही राजनीतिक परिस्थितिका बारेमा छलफल गरी आगामी दिनका लागि आवश्यक रणनीति तय गर्न सो बैठक आह्वान गरिएको जानकारी प्रवक्ता श्रेष्ठले दिए ।

Skip This
Skip This
Logo