संसद् व्यक्तिगत आरोप र प्रत्यारोप गर्ने थलो होइनः प्रधानमन्त्री

संसद् व्यक्तिगत आरोप र प्रत्यारोप गर्ने थलो होइनः प्रधानमन्त्री

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आरोप र प्रत्यारोप लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताएका छन्। विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभालाई बुधबार सम्बोधन गर्दै संसदमा निजी र व्यक्तिगत आक्षेप लगाउन नहुने बताएका हुन्।

उनले भने,‘सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भएपनि कांग्रेसका केही साथीहरूले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि नीजि आक्षेप र आक्रमण गर्नुभयो। म आक्षेपहरूको प्रतिवाद गर्न चाहन्नथेँ तर निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ।’

संसदीय रेकर्डमै रहेका आरोपको प्रतिवाद नगर्दा इतिहासमा गलत सन्देश जाने भएकाले आफूले आफ्नो पक्षका केही कुरा राख्न चाहेको बताउँदै उनले कांग्रेसले कुनै बेला संसदमा उभिएर राजनेता घोषणा गरेको स्मरण गरे।

Skip This
Skip This
Logo