अहिले देशमा विश्वासको खडेरी परेकाे छः महामन्त्री शर्मा

अहिले देशमा विश्वासको खडेरी परेकाे छः महामन्त्री शर्मा

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ। नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको विश्वासको खडेरी रहेको बताएका छन्। बुधबार संसदमा प्रधानमन्त्रीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि बोल्दै महामन्त्री शर्माले विश्वास धरापमा रहेको बताएका हुन्।

विश्वासको खडेरी परेका बेला वर्षमा तीनपटक प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमा उभिँदा अचम्म लागेको बताए। उनले भने,‘वर्षमा तीन पटक पाउनुहुन्छ। प्राप्त पनि गर्नुहुन्छ। जबकि यो देशमा सबैभन्दा बढी खडेरी विश्वासको परेको छ।’

आज हाम्रो देशमा सबैभन्दा धरापमा यही विश्वास रहेको उनको भनाइ छ। ‘प्रशासनमा गएको नागरिक प्रशासकप्रति विश्वस्त भएर जाँदैन । केही आशङ्का बोकेर जान्छ। अस्पताल जाँदै गरेको नागरिक डाक्डरप्रति विश्वास नगरेर गइरहेको देखिन्छ। नागरिकलाई सबैप्रति विश्वास छैन,’ उनले भने।

Skip This
Skip This
Logo