देश तस्कर र शक्तिशालीहरुको लुटको महाजालोमा फस्योः सांसद केसी

देश तस्कर र शक्तिशालीहरुको लुटको महाजालोमा फस्योः सांसद केसी

केन्द्रबिन्दु
21
Shares

काठमाडौं। नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले देश तस्कर र शक्तिशालीहरुको लुटको महाजालोमा फसेको बताएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले सुन काण्डमा संलग्न भएका सबै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन्।

उनले भने,‘देश तस्कर र शक्तिशालीहरुको लुटको महाजालोमा फसेको छ। साढे ३३ किलो तस्करीबारे छनाविन गर्न गृहमन्त्रालयका सहसचिव ईश्वर पौडेललेको अध्यक्षतामा समिति गठन भएको थियो। तर ७ सय ५२ पेजको उक्त प्रतिवेदन गायव गरियो। अहिले ४ सय २५ पेजको डिल्लीराम आचार्यको प्रतिवेदन आएको छ। यो पनि त्यसरी नै हराउने काम नहोस्। जो दोषी छन्, उनीहरुमाथि कारबाही होस्।’

उनले देशकै सबैभन्दा भ्रष्टाचारको ठूलो काण्ड एनसेल प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे।

Skip This
Skip This
Logo