मेयर बालेनले भने- ‘सरकारप्रति म आशावादी छु’

मेयर बालेनले भने- ‘सरकारप्रति म आशावादी छु’

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफू सरकारप्रति आशावादी रहेको बताएका छन्।उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नयाँ मन्त्रीहरूले पुरानो फाइल खोल्ने भन्ने कुरा उल्लेख गर्दै आफू सकारात्मक भएको बताएका हुन् ।

‘नयाँ मन्त्रीज्युहरुले सबै पुरानो फाइल खोल्दै हुनुहुन्छ रे, टाइम कम छ, हिसाब किताब गरेर, गोजी भरेर निस्किनुपर्ने छ रे !’, बालेनले लेखेका छन्, ‘सरकार जति दिन टिक्छ, स्वास्थ्य मन्त्रालयमा भएको एउटा भाइ डाक्टरसाबको कुरा, मैले सुनेको कुरा गलत होस्। म आशावादी छु सरकारप्रति।’

Skip This
Skip This
Logo