काठमाडौँ महानगरपालिकाकी उपप्रमुख डंगोल र स्वीजरल्याण्डकी राजदूत मेउलीबीच शिष्टाचार भेट

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख डंगोल र स्वीजरल्याण्डकी राजदूत मेउलीबीच शिष्टाचार भेट

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि स्वीजरल्याण्डकी राजदूत डा. डेनियल मेउलीले शिष्टाचार भेट गरेकी छन्। राजदूत डेनियलले मंगलबार उपप्रमुखको कार्य कक्षमा पुगेर भेट गरेकी हुन्।

भेटका क्रममा उपप्रमुख डंगोलले, पहुँचयोग्य स्वास्थ्य सेवा प्रवाहका लागि महानगरपालिकाले प्रविधिको प्रयोगलाई बढाउँदै लगेको बताइन्।

‘आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवालाई वार्षिक नीति, बजेट तथा कार्यक्रममा प्राथमिकता दिएका छौँ। कार्यक्रमको कार्यान्वयनलाई दिगो र प्रभावकारी बनाउन प्रविधिमा आधारित प्रणाली विकास गरिरहेका हौँ।’ डंगोलले भनिन् ‘वडा वडामा स्वास्थ्य प्रवर्धन केन्द्रहरु स्थापना हुँदैछन् । केन्द्रका सेवालाई सरल, पहुँच योग्य र विश्वसनीय बनाउन प्रविधिको उपयोग हुनेछ। यसका लागि साझेदारहरुसँग सहकार्यको सम्भावना रहन्छ ।’

स्वास्थ्य सेवाको प्रवर्धनका लागि हामी महानगरपालिकासँग सहकार्य गर्न चाहन्छौँ । भेटमा राजदूत डेनियलले भनिन्, ‘प्रविधिले सहज सेवा सुनिश्चित गर्छ। यस कार्यका लागि सहकार्य गर्न तयार छौँ।’

Logo