प्रेम सुवाल बोल्दा सभामुखले बस्न निर्देशन दिएपछि…

प्रेम सुवाल बोल्दा सभामुखले बस्न निर्देशन दिएपछि…

केन्द्रबिन्दु
140
Shares

काठमाडौं। आकस्मिक समयमा बोल्नका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले दुई मिनेटको समय पाएका थिए। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले दुई मिनेटको समय तोकेका थिए।

सुवालले नेपाल टेलिकमको फोनमा कुरा हुँदा बारम्बार लाइन बन्द हुने तर निजी बन्द नभएको भन्दै सरकारले कस्तो सेवा दिएको भन्दै प्रश्न गरे।

उनले बाँकेस्थित भेरी अस्पतालमा थामिनसक्नु भीड भएको र बाहिर फार्मेसीमा औषधि महँगो भएको समाचार आएको सुनाए । उनले स्वास्थ्य बिमा खारेज गर्न माग गरे।

सुवाल बोल्दै गर्दा सभामुख घिमिरेले आकस्मिक समयमा राख्ने कुरा नभएकाले बस्न आग्रह गरे। “मान्य सदस्य यहाँका विषय आकस्मिक समयभित्र आजैका हिजोका घटनाहरूमा आकर्षित भएको पाइएन । हिजै राखेका कुरा भएकाले मान्य सदस्यलाई आसन ग्रहण गर्न अनुरोध गर्छु,” उनले भने ।

Logo