मधेशी आयोगले संवैधानिक व्यवस्थाअनुसार आफूलाई परिमार्जित गर्न आवश्यक छः उपराष्ट्रपति यादव

मधेशी आयोगले संवैधानिक व्यवस्थाअनुसार आफूलाई परिमार्जित गर्न आवश्यक छः उपराष्ट्रपति यादव

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ। उपराष्ट्रपति रामसहाय यादवले मधेशी आयोगले संवैधानिक व्यवस्थाअनुसार आफूलाई परिमार्जित गर्न आवश्यक रहेको बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित मधेशी आयोगको पाँचौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले, विगतको गतिबिधिहरुको समिक्षा गर्दै आयोगले संवैधानिक व्यवस्थाअनुसार आफूलाई परिमार्जित गर्न आवश्यक रहेको बताएका हुन्।

उनले भने,‘आयोगले आफ्नो कार्यदेश र संवैधानिक व्यवस्थाअनुसार मधेशी जनअपेक्षा अनुरुप सक्रियता बढाउन जरुरी छ। यो वार्षिकोत्सवलाई विगतमा गरेका कामहरुको,गतिबिधिहरुको समिक्षा गर्ने अवसरको रुपमा लिँदै आफूलाई परिस्कृत र परिमार्जित गर्न आवश्यक छ।’

उनले मधेसमा रहेकाविद्यमान वेथितिहरुप्रति आयोगको ध्यानकर्षणले मात्रै नपुग्ने भन्दै शसक्त रुपमा आफ्नो उपस्थिति जनाउन आग्रह गरे। उनले भने, ‘मधेसमा विद्यमान वेथितिहरुप्रति आयोगको ध्यानकर्षणले मात्रै अब पुग्दैन। उसको क्षेत्रअधिकारले निर्धारण गरेको विषयहरुमा संवैधानिक व्यवस्था अनुरुप शसक्त रुपमा आफ्नो उपस्थिति जनाउँदै अगाडि बढ्न आवश्यक छ।’

Logo