यसपटक पनि दलितबाट मन्त्री बनाउँछौं -अध्यक्ष ओली

यसपटक पनि दलितबाट मन्त्री बनाउँछौं -अध्यक्ष ओली

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले यस पटक पनि दलित समुदायबाट एक जना मन्त्री बनाउने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार काठमाडौंमा ५९औं अन्तर्राष्ट्रिय जातिय विभेद तथा रंगभेद उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले बिगतमा पनि पार्टीले दलित समुदायबाट मन्त्री बनाउँदै आएको यस पटक पनि निरन्तरता दिने बताएका हुन् ।

‘अहिले महिलाहरूको उत्थान जागरण धेरै भएको छ र सशक्त भएका छन् । विभिन्न ठाउँमा जिम्मेवारी लिएका छन्,’ उनले भने ।

महिला, दलित र पछाडि पारिएका समुदायका विषमयमा आफ्नो दल संवेदनशील रहेको दाबी उनले गरे । ‘अत्यन्तै संवेदनशील हुँदा यस्तो विषय कहिले कहिले मन्त्री किन भएन भन्ने हुन्छ । यस पटक पनि मन्त्री हुन्छ, एउटा ठाउँ छ त्यहाँ । दलितबाछ यस पटक पनि मन्त्री हुन्छ । पहिले पहिले पनि मन्त्री हुने गरेको छ । तर, सबै जाति सबै समुदायबाट सबै सधैं नपर्न पनि सक्छन् । सबैलाई एकैपटक सम्बोधन गर्न सकिँदैन,’ उनले भने, ‘पार्टीको माथिल्लो कमिटीमा छविलाल विश्वकर्मा हुनुहुन्छ । उहाँ पटक पटक मन्त्री पनि हुनुभएको छ । अहिले सुदूरपश्चिम प्रदेश इन्चार्ज पनि हुनुहुन्छ । हाम्रो पार्टीमा साथीहरूलाई जिम्मेवारी दिने काम कुनै ध्यान पुगेको छैन भन्ने ठाउँ छैन ।’

उनले आफूहरू सामाजिक न्याय र समानताको पक्षमा रहेको भन्दै कुनै पनि समुदाय पछाडि छाडिन नहुने बताए ।

Logo