गठबन्धन फेरिने बित्तिकै खारेज भयो भूमि आयोग

गठबन्धन फेरिने बित्तिकै खारेज भयो भूमि आयोग

केन्द्रबिन्दु
196
Shares

काठमाडौं। सत्ता गठबन्धन फेरिने बित्तिकै सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि काम गरिरहेको राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

आयोगले विभिन्न स्थानका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण थालेको थियो। आयोगको अध्यक्षमा केशव निरौला थिए भने उपाध्यक्ष नहेन्द्र खड्का थिए। निरौला नेपाली कांग्रेस निकट हुन् भने खड्का माओवादी केन्द्र हुन्।

२०७८ साउनमा गठन भएको आयोगलाई खारेज गर्दै सरकारले नयाँ आयोग बनाउन लागेको हो। त्यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७७ वैशाखमा देवी ज्ञवालीको अध्यक्षतामा रहेको आयोग खारेज गर्दै केशव निरौलाको नेतृत्वमा नयाँ आयोग बनाएको थियो।

Logo