काँग्रेसले लियो मधेश सरकारलाई दिएको समर्थन फिर्ता

काँग्रेसले लियो मधेश सरकारलाई दिएको समर्थन फिर्ता

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ। नेपाली काँग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। प्रदेश प्रमुखलाई शुक्रबार पत्र लेख्दै काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएको हो।

‘मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ अनुसार नेपाली काँग्रेस संसदीय दलको समर्थन रहेकोमा आजकै मितिबाट सो समर्थन फिर्ता लिइएको ब्यहोरा जानकारीको लागि अनुरोध छ।’ काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुख कार्यालयमा बुझाएको पत्रमा उल्लेख छ।

केन्द्रमा समीकरण फेरिएपछि गत सोमबार काँग्रेसका तीन मन्त्रीलाई मुख्यमन्त्री सरोजकुमार यादवले बर्खास्त गरेका थिए। उनले सोही दिन नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मन्त्री नियुक्त गरेका थिए।

Skip This
Skip This
Logo