बझाङमा भण्डारीलाई उम्मेदवार बनाउने एमालेकाे निर्णय

बझाङमा भण्डारीलाई उम्मेदवार बनाउने एमालेकाे निर्णय

केन्द्रबिन्दु
196
Shares

काठमाडौं । नेकपा एमालेले आउँदो बैशाख १५ गते हुने उपनिर्वाचनमा बझाङको प्रदेशसभा १ बाट दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आइतबार पार्टी कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले बझाङको प्रदेशसभा १ बाट भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले भने,’बैठकले आगामी बैशाख १५ गते हुने उपनिर्वाचनमा बझाङको प्रदेशसभा १ बाट दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।’

Logo