फोटोबाट क्रान्तिको सुरुवात हुन्छः उपसभामुख इन्दिरा राना

फोटोबाट क्रान्तिको सुरुवात हुन्छः उपसभामुख इन्दिरा राना

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। चिनियाँ गान्सु फोटोग्राफरहरूले नेपालमा चीनका विभिन्न स्थानको फोटोहरु प्रदर्शनी गरेका छन्। सोमबार ललितपुरको पाटन म्युजियममा ‘उपत्यकाको उत्तरबाट आएको हावा’ नामक प्रदर्शनी भएको हो। प्रदर्शनीमा ४० वटा फोटोहरु राखिएको थियो।

उक्त प्रदर्शनीमा उपसभामुख इन्दिरा राना मगरले फोटोबाट क्रान्तिको सुरुवात हुनसक्ने भन्दै यस्तो प्रकारको प्रदर्शनीले एकअर्कामा सहकार्य गर्न र सम्बन्ध सुधार गर्न सहयोग गर्ने बताइन्।

उनले भनिन्,‘फोटो आफैं बोल्छ भने जस्तै फोटोहरुको माध्यमबाट पनि धेरै परिवर्तनहरु गर्न सकिन्छ। क्रान्ति गर्न सकिन्छ। यस्तो प्रकारको कामले एकअर्कामा सहकार्य गर्न र सम्बन्ध सुधार गर्न पनि सहयोग गर्छ।’

Skip This
Skip This
Logo