गृहसचिव, प्रहरी प्रमुख र सिआईबी प्रमुखलाई राज्य व्यवस्था समितिले बोलाउँदै

गृहसचिव, प्रहरी प्रमुख र सिआईबी प्रमुखलाई राज्य व्यवस्था समितिले बोलाउँदै

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालय सम्बद्ध बिषयमा छलफल गर्न केही उच्च अधिकारीलाई बोलाउने भएको छ।

गृहसँग सम्बद्ध केही बिषयमा गम्भीर रुपमै छलफल गर्नुपर्ने भएकाले गृहसचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अुनसन्धान व्यूरो (सिआईबी) प्रमुखलाई यही १४ गते समितिमा बोलाउन लागिएको सचिवालयले जानकारी दिएको छ।

राज्य व्यवस्था समितिका सदस्य रहीसकेका सांसद रबि लामिछाने अहिले गृह मन्त्रालयको नेतृत्वमा छन्। गृहमा उनकै विरुद्धमा कारबाहिको माग गर्दै केही निवेदनहरु परेका छन्। त्यसबाहेक सुशासनसँग सम्बन्धित केही ऐन संशोधन गर्न तयार भएका विधेयक पनि छलफल गरेर टुंगो लाउनुपर्ने अवस्थामा रहेका सचिवालयले जनाएको छ।

संवैधानिक परिषद् ऐनमै संशोधन गर्ने भनेर छलफलकै चरणमा रहेको विधेयक सत्ता समीकरण फेरबदल भएपछि अड्किएको छ भने दलहरुको अडान अब के हुने भन्ने पनि अस्पष्ट रहेको बुझिएको छ। समितिका तीन सदस्य त वर्तमान सरकारमा उपप्रधानमन्त्री छन्। गृहमन्त्री लामिछाने, उपेन्द्र यादव र रघुबीर महासेठ उपप्रधानमन्त्री छन्।

Logo