इलाम २ मा रास्वपाबाट उम्मेदवार बन्न ६ जनाले दिए निवेदन, अब प्रारम्भिक निर्वाचन हुने

इलाम २ मा रास्वपाबाट उम्मेदवार बन्न ६ जनाले दिए निवेदन, अब प्रारम्भिक निर्वाचन हुने

केन्द्रबिन्दु
182
Shares

आउँदो बैशाख १५ गते हुन लागिरहेको इलाम २ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्नका लागि ६ जनाले निवेदन दिएका छन् ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका अनुसार गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रबहादुर थापा, मानबहादुर घिमिरे, मिलन लिम्बु र डा. भेषरमण न्यौपानेले निवेदन दिएका हुन् । ६ जना मध्येबाट पार्टी विधानको धारा ७१ बमोजिम प्रारम्भिक निर्वाचनका लागि १५ चैत दिउँसो १ बजेसम्म समय निर्धारण गरिएको छ ।

छोटो समयको तयारीका बाबजुद २०७९ को आमनिर्वाचनमा आश्चर्यजनक नतिजा हात पारेको रास्वपा सोही लयलाई निरन्तरता दिने दाउमा छ। तनहुँ–१ को उपनिर्वाचनले रास्वपामा थप विश्वास थपेको छ। तनहुँकै जस्तो नतिजा निकाल्न नसकेपनि रास्वपा पूर्वी पहाडमा आफ्नो संगठनको उपस्थिती बढाउन खोजिरहेको छ ।

Logo