डा. आरजु राणाको भारतमा शल्यक्रिया, केही समय अस्पतालमै रहने

डा. आरजु राणाको भारतमा शल्यक्रिया, केही समय अस्पतालमै रहने

केन्द्रबिन्दु
210
Shares

काठमाडौं । उपचारका लागि भारतको नयाँदिल्लीमा रहेकी कांग्रेस नेतृ एवम सांसद डा.आरजु राणा देउवाको ‘हाइफर पाराथाइरोडिज्म’को शल्यक्रिया गरिएको छ ।

डा.राणाका स्वकीय सचिव कमल रावलका अनुसार चिकित्सकहरुको सल्लाह अनुसार नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा चैत्र १४ गते सफलतापूर्वक शल्यक्रिया भएको हो ।

विहीबार जारी प्रेस विज्ञप्तिमा जनाइएअनुसार डा.राणा दुई बर्षदेखि स्वास्थ्य समस्याका कारण चिकित्सकहरुको सल्लाह अनुसार नयाँ दिल्लीमा फलोअप उपचार गराउँदै आएकी हुन् । उनी चैत्र २ गते संघीय संसद सचिवालयलाई जानकारी गराइ भारत गएकी थिइन् । ‘हाल माननीय डा.आरजु राणा देउवाज्यूको स्वास्थ्य सुधारोन्मुख रहेको र चिकित्सकहरुको परामर्श अनुसार अझै केसी समय अस्पतालमै उपचार गर्नुपर्ने भएको जानकारी गराउँदछु,’ विज्ञप्तिमा भनिएको छ ।

डा.राणालाई अत्यधिक मासिक रक्तश्रावको समस्या भएपछि एक बर्षअघि मेदान्त अस्पतालमा स्वास्थ्य जाँच र शल्यक्रिया म्याक्समा गरिएको थियो । म्याक्समा भर्ना गरिएपछि उनको पाठेघर निकालिएको हो । चिकित्सकीय भाषामा ‘हिस्टेरेक्टोमी फर हाइपरप्लेसिया अफ एण्डोमेट्रिएम’ भनिने शल्यक्रिया म्याक्स अस्पतालका अन्कोलोजिस्ट सर्जन डा.हरित चतुर्वेदीको नेतृत्वको समूहले गरेको थियो ।

Logo